दाङ । दाङ देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षिया डिला पौडेल रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
Advertisement
साइकलमा दूध बेच्न भालुवाङ हिडेकी पौडेलको घटना स्थलमै मृत्यु भएको हो । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा आज विहान सवा ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले पौडेललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट पौडेलको मृत्यु भएपछि आफन्तिले बाटो अबरुद्ध गरेका छन् । बाटो खुलाउनका लागि छलफल भइरहेको प्रहरीले बताएको छ ।