काठमाडौं। ललितपुर महानगरपालिका २७ नम्बर वडा सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति फेला परेको छ ।
ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मुर्ति फेला परेको हो ।
अहिले मुर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ।
२०७८ माघ ९ गते मूर्ति चोरी भएको थियो। सुनाकोठीका वडाध्यक्षले मुर्ति फेला पार्ने वा विशेष सूचना दिने व्यक्तिलाई ५ लाख दिने घोषणा गरेका थिए ।
Advertisement