रुपन्देही । रुपन्देहीमा रोकिराखिएको ट्रकमा कार ठोकिदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बस्ने वर्ष ३० का कार चालक नविन चौधरी, कारमा सवार २८ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय सविन थारु रहेका छन् ।
घाइते हुनेमा बुटवल उपमहानगरपाकिला १२ का २५ वर्षीय अनिस विसी र २८ वर्षीय भागिरथ चौधरी छन् । उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले मेचीकाली अनलाइनलाई जानकारी दिनुभयो ।
उनका अनुसार आज विहान सवा ५ बजे बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु ३ च ४४४२ नम्बरको कार रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा ठोकिएको थियो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।