काठमाडौ। समाजवादी प्रेस संगठन नेपाल काठमाडौं जिल्ला अध्यक्षमा भीम लामा चयन हुनुभएको छ। आज सम्पन्न संगठनको जिल्ला स्तरिय भेलाले लामाको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति सर्वसम्मत रुपमा गठन गरेको हो । नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा महत्वपुर्ण आतिथ्यता गरिदिनुहुने संगठनका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य शम्भु श्रेष्ठ, पार्टी केन्द्रीय सदस्य अशेष घिमिरे, पार्टीका काठमाडौं जिल्ला समिति अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य साथीहरु र छोटो समयको तयारीमा कार्यक्रम व्यवस्थापनमा खट्नुहुने उपत्यका प्रदेशका साथीहरुप्रति हार्दिक आभार सहित धेरै धेरै धन्यवाद प्रकट गर्दछु । साथै अध्यक्ष लामा लगायत नवनिर्वाचित जिल्ला समितिका सबै साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
समाजवादी प्रेस संगठनको काठमाडौं अध्यक्षमा भीम लामा चयन
समाजवादी प्रेस संगठनको काठमाडौं अध्यक्षमा भीम लामा चयन
Advertisement
तपाईको प्रतिक्रिया