दाङ । दाङमा अनलाइन नेटवर्कीङबाट पैसा कमाउने नाममा ठगी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १७ हजार रुपैयाँ ठगी गरेको भन्दै एक जनाले प्रहरीमा उजुरी दिएपछि सोही आधारमा तीन जालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । एक जनाको ठगीए भनेर प्रहरीमा उजुरी प¥यो, सोही आधारमा तीन जनलाई पक्राउ गरिएको छ, दाङ प्रहरीका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले भन्नुभयो । उहाँका अनुसार तीन जनालाई सोमबार पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो समय अनलाइनबाट पैसा कमाउने भन्दै ठूलो रकमको अबैध कारोबार भइरहेको छ । नेपलमा अबैध मानिएको हाईपर, इन्स भिडियो पुस, ब्लक यरीया, साफिर लगायतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएको पाइएको छ ।
यसमा ठूलो लगानी कर्तासमेत रहेको लगानी गर्नेहरु बताउने गर्छन । केही यस्ता नेटवर्कमा पैसा लगाएर लगानी डुबेको समेत बताउने गर्छन । तर स्वस्फूर्त रुपमा लगानी लगाउने हुँदा उनीहरु उजुरी गर्न सकिरहेका छैनन् ।