• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

रुपन्देहीमा ७ महिनामा २८ बेवारिसे शव फेला, पहिचानमा समस्या


  •   आइतबार, माघ १६, २०७८ मा प्रकाशित
  • भैरहवा । प्रहरीलाई हत्याको अनुसन्धान गर्न सबै भन्दा पहिला मृतकको पहिचान गर्नुपर्ने हुन्छ । मृतकको शनाखत नभईकन प्रहरी अनुसन्धान अगाडी बढ्न सक्दैन । हत्याराको पनि आशय सकेसम्म मृतकको पहिचान नहोस भन्ने नै हुन्छ, त्यसकारण प्रहरीको सफल अनुसन्धानमा मृतकको पहिचान पनि जोडिएको हुन्छ । पछिल्लो केही समय यता रुपन्देही प्रहरी भने हत्या गरिएको यस्ता शवहरुको पहिचान गर्न असफल भएको छ ।

    Advertisement

    लुम्बिनीमा मायादेवी मन्दिरका छेवैमा पुस ६ गते अज्ञात युवतीको शव फेला परेको थियो । सुरक्षाको दृष्टिले संवेदनशील लुम्बिनीमा मधेशी मुलको जस्तो देखिने अन्दाजी १९ बर्षिय युवतीको शव फेला परे पछि यसले लुम्बिनीको सुरक्षामा नै प्रश्न उठाएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्या भए जस्तो देखिने ती युवतीको डेढ् महिना पुगि सक्दा पनि सनाखत हुन सकेको छैन् ।

    एक साता पहिला रुपन्देहीकै देवदह नगरपालिका वडा नम्बर ९ को जङ्गलमा अन्दाजी ३५ बर्षिय महिला र करिब ७ बर्षकी बालिकाको शव भेटियो । पूर्व पश्चिम राजमार्गको थोरै भित्र घाटी रेटिएको अवश्थामा फेला परेको शवको पनि अहिले सम्म पहिचान नभए पछि प्रहरी अनुसन्धान अगाडी बढ्न सकिरहेको छ्रैन ।

    पछिल्लो समय रुपन्देहीमा सनाखत हुन नसकेका शवहरु प्रहरीका टाउको दुखाई त बनेको नै छ उसको कार्यसम्पादनमा समेत प्रश्नहरु उब्जाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार रुपन्देही जिल्लामा चालु आर्थिक बर्षमा २८ वटा शवको सनाखत हुन सकेको छैन । जसमध्ये २१ जना पुरुष ६ जना महिला र १ जना बालिका रहेका छन् । रुपन्देहीको बुटवलमा सबै भन्दा बढी बेवारिसे शवहरु फेला परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकबाट देखिएको छ । २८ मध्ये २० वटा शव बुटवलबाट मात्र फेला परेको सहायक प्रवक्ता चन्दको भनाई छ । यस्तै मुद्दा चल्ने अन्य ४ वटा प्रहरी ईकाइहरुमा जिल्ला भैरहवामा ३ जना, लुम्बिनीमा २ जना मर्चवारमा २ जना र सैनामैनामा १ जनाको सनाखत हुन सकेको छैन ।

    प्रहरीले सीमासित जोडिएर रहेको जिल्ला भएको कारण बेवारिसे शवहरुको पहिचान गर्न सकस हुने गरेको दावी गरेको छ । बेवारिसे शवहरुमा बिशेष गरि सडकमा बसेर मागे खानेहरु रहेको प्रहरीको भनाई छ। प्रहरी सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार यस्ता ब्यक्तिका आफन्तहरु सम्पर्कमै आउदैनन् र खोजतलाश गर्दा समेत फेला पर्दैनन् । “मृतकहरु मध्ये धेरै सुस्त मनस्थिति भएको बुझिन आएको र यिनीहरुको वास्तविक वतन नखुलेको कारणले हामीलाई बेवारिसे लाशहरुको पहिचान गर्न कठिनाई भएको हो ।” चन्दले भने “ हामीले पहिचानका लागी बिभिन्न प्रयासहरु गरिरहेका छौं ।”
    पहिचानका लागी ७७ वटै जिल्लामा हुलिया परिपत्र गरेको उनले बताए । जिल्ला तथा मातहतका प्रहरी ईकाइहरुमा हराएका ब्यक्तिहरुसंग मृतकको हुलिया भिडाउने काम पनि भैरहेको र सामाजिक सञ्जाल एवम स्थानिय सञ्चारमाध्यमहरुको समेत सहयोग लिई रहेको प्रहरीको भनाई छ ।

    धेरै शवहरुको पहिचान नखुलेपछि उनिहरु सीमावर्ती भारतीय क्षेत्रका हुन सक्ने भन्दै जिल्लासंग जोडिएर रहेका भारतीय प्रहरी युनिटहरुसंगको पहिचानको लागी आग्रह गर्ने गरिएको चन्दको भनाई छ । देवदहको जङ्गलमा र लुम्बिनीमा भेटिएको शवहरु पनि भारतीय हुन सक्ने सम्भावना रहेको छ । घटनाको प्रक्रृति र लाशको हुलिया पनि मधेशी मूलको हुदा भारतीय भएको सम्भावना बढेको प्रहरीको भनाई छ । “यससंगै बेस ट्रान्स रिसिभर स्टेशन ९बिटियस० रेकर्डरको पनि सघन अनुसन्धान गरिरहेका छौं ।” चन्दले भने “केहीको डाटा आईसकेको छ, केहीको आउन बाँकी छ ।”

    प्रहरीले सहि तरिकाले अनुसन्धान गरेर मृतकको सनाखत गर्नु पर्ने नेपाल प्रहरीको पूर्व अधिकृत बिक्रम सिंहको थापाको भनाई छ । सहि तरिकाले अनुसन्धान नगरि शनाखत नभएमा यसले समाजमा असुरक्षाको भावना जाग्ने र प्रहरी प्रतिको समाजले हेर्ने दृष्टि पनि नकारात्मक हुने उनले बताए । थापाले पहिचान हुन नसकेका शवहरु पहिचान गर्ने थुप्रै बिधि रहेको बताए। “सबै भन्दा पहिला प्रहरीले स्थानिय स्तरमै सामान्य रुपमा पहिचानको प्रयास गर्नु पर्छ” थापाले भने “ दोश्रो भने अहिले बिज्ञानले सरल गराईदिएको प्रविधिसामाजिक सञ्जाल, स्थानिय सञ्चारमाध्यमको प्रयोग गरि पहिचानको प्रयास गर्नुपर्छ ।”

    फरेन्सीक बिज्ञानको प्रयोग गरि अधिकतम नष्ट भई सकेका शवहरुको पनि पहिचान हुने गरेको उनको भनाई छ । दाँत, डिएनए टेष्ट, कपाल लगायतहरुबाट पनि मानिसको पहिचान हुने गर्दछ । त्यसकारण बेवारिसे शवहरुको पहिचानमा प्रहरीको दायित्व हुने थापाको भनाई छ ।

    आइतबार, माघ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation