जनकराज भट्टराई, पाल्पा। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
जिल्लाको निस्दी गाउँपालिका -७ सोन्धुरेको भित्री सडक खण्डमा लु ६ प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई नालिमा पल्टिएको हो। पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल चालक स्थानीय ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए । मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन् । घाइते गाहाको टाउकोमा चोट लागेको छ । घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।