अनुज पछाई, प्यूठान । अलपत्र अवस्थामा प्यूठानको माण्डवी गाउँपालिका वडा नं.०४ स्थित चकचके बजारमा फेला परेका २ बालकलाई अस्थायी प्रहरी पोष्ट चकचके प्यूठानको प्रहरी गस्ती टोलीले अभिभावकको जिम्मा लगाएको छ। रोल्पा जिल्ला घर भई हाल केहि दिनदेखि प्यूठान माण्डबी गाउपालिका चकचकेमा बेबारिसे अबस्थामा बस्दै आएका थिए ।
रोल्पा घर भएका रेगे दमाइका वर्ष ११ को बिशाल परियार र छिमेकी वर्ष १० को मिलन बुढाथोकीलाई प्रहरीद्वारा पुस २३ गते उद्धार गरी अस्थायी प्रहरी पोष्ट चकचके राखिएको थियो ।
प्रहरीले उनको अभिभावक पत्ता लगाएर आइतबार बालकका आमा–बुबाको जिम्मा लगाएको हो। अस्थायी प्रहरी पोष्ट चकचके प्यूठानका प्रहरी सहायक निरीक्षक एकराज खडकाले बाबु रेगे दमाइलाइ अस्थायी प्रहरी पोष्ट चकचकेमै बोलाएर बालक जिम्मा लगाएको बताए।
Advertisement