केशर सुनार ,प्यूठान । प्यूठानमा एक सामुदायिक सस्थाले बचतबाट आएको ब्याज रकमबाट सदस्यहरुलाई खाना पकाउने एलपिजि सिलिण्डर ग्यास बितरण गरेको छ । प्यूठानको गौमुखि गाउपालिका वडा नंबर ६ लिबाङ बुक्तिचौरमा रहेको बर्मा सामुदायिक संस्थाले समुहमा आबद्ध २९ सदस्यहरुलाई एक एक थान ग्यास चुलो सहितको सिलिण्डर वितरण गरिएको सस्थाका सचिब लाल बहादुर बुढा मगरले बताए ।
२०६४ सालमा स्थापना भएको उक्त सस्था हालसम्म बचत गरिएको रकमबाट सिलिण्डर खरिद गर्न लाग्ने रकम सदस्यकै प्राप्त बचतको ब्याज रकमबाट उक्त ग्यासचुलो बितरण गरिएको हो ।
खाना पकाउन सजिलो होस भन्ने उद्देश्यका साथ सदस्यहरुलाई उनिहरुकै बचतबाट आएको ब्याजबाट ग्यासचुलो वितरण गरिएको सस्थाका अध्यक्ष इश्वर सुनारले बताए । अहिले सस्थामा ३५ जना सदस्य र ८ लाख बढी बचत भैसकेको सचिब बुढामगरले जानकारी दिए ।
Advertisement