दाङ। बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजापुर नगरपालिका–९ की ५४ वर्षीया भुसिया थारू रहेकी छिन् ।
Advertisement
उनलाई आज आइतबार दिउँसो तीन बजे दशगजा नजिकै बाख्रा चराउन गएको समयमा जंगली हात्तीको आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट थारुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दिया सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।