सुशिला बुढा मगर,प्यूठान ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्यूठानको ५ औं अधिवेशनले सुजल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्यूठान उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनले उपाध्यक्ष सुवास श्रेष्ठ, सचिव तेजेन्द्र बुढामगर, सहसचिव शुसिला बुढामगर, कोषाध्यक्ष मुन्नी घर्तिमगर पदाधिकारी रहेको १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा महावीर राना, दिपा घर्ति, मित्र थापा र सन्तोष रोकामगरलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा लिला पुन, बसन्त केएम, शान्ता लामा र जीवनमाया केएमलाई चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले आदिवासी जनजाति पत्रकारहरुले जिल्लाका आदिवासी जनजाती समुदायको कला संस्कृति सँगै उनीहरुको विषय उठान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महासंघले आदिवासी जनजाति पत्रकारहरुलाई समेट्दै उनीहरुलाई नेतृत्व तहमा अगाडी बढाउन पहल गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियो कृपालुका स्टेशन म्यानेजर विजयसिंह भारतीले जिल्लाको आदिवासी जनजातिको मुद्धामा शसक्त रुपमा कलम चलाउन आग्रह गर्नुभयो ।
दलित पत्रकार संघ प्यूठानका सचिव बोम बहादुर परियारले पत्रकारहरुको विभिन्न संघ संगठनहरु रहेको बताउँदै त्यसलाई क्रियाशिल बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
फोनिज प्यूठानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा सुजल चयन
फोनिज प्यूठानको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा सुजल चयन

Advertisement
तपाईको प्रतिक्रिया