बाँके । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालको क्वटरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement
प्रहरीका अनुसार अन्य तीन जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। मृत्यु हुनेमा कालीकोटको खाडाचक्रका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उहाँका तीन महीनाको छोरा इप्सन भट्टराई रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार उनीहरु गएराती कोठमा आगो बालेर सुतेका थिए । त्यसैको धुँवाले निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ ।