दाङ। बर्दिया प्रहरीले सरकारी कागज किर्ते मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं. ७ बस्ने उदयसिंह रावल रहेका छन् ।
Advertisement
रावललाई जिल्ला अदालत बर्दियाले ०५७ साल बैशाख २७ गते सरकारी कागज किर्ते मुद्धामा २ वर्ष कैद साजय तोकेको थियो । उनी त्यस समयदेखि फरार रहेका थिए ।
फरार रहेका रावललाई बुधबार पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।