हेमन्त पाठक,प्युठान। प्युठान नगरपालिका ४ टारि निवासि मृगाैला पिडित तारा सुनारलाई प्युठान स्वर्गद्वारी युएई समाजले अार्थिक सहयाेग गरेकाे छ । विगत ३ वर्ष देखि दुवै मृगाैला फेल भई काठमाडौकाे वीर अस्पतालमा उपचाररत सुनारलाई ८० हजार ५ सय पच्चिस रुपैया सहयाेग गरेकाे प्युठान युएइ समाजका केन्द्रीय सदस्य एव नेपाल मगर संघ प्युठानकाे शाखाका सदस्य गिमान सिङ घर्तिमगरले बताए।
दुवै मृगौला फेल भइ अार्थिक अभावका कारण समस्यामा परेका सुनारलाई एक कार्यक्रम का विच सहयाे हस्तान्तरण गरेकाे मगरले बताए । युएई मा रहेका नेपालिहरुकाे खाजा खर्च कटाएर सहयाेग संकलन गरि पिडितलाई रकम हस्तान्तरण गरेकाे उनकाे भनाई छ ।
पिडित सुनारले अाफ्नाे उपचार गर्नका लागि रिनधन र जग्गा धिताे गरे पनि अार्थिक सम्या भएकाेले सक्दाे सहयाेग गर्न सवैलाइ याचना गरेका छन ।
Advertisement