• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

केपि ओली गफाडी भैसके, ‘बा’ भन्दिए पुग्छ : अध्यक्ष नेपाल


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • बुद्धि पुन,सल्यान  । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओली गफाडी मात्रै भएको बताउनुभएको छ । जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी नै भएको उहाँले बताउनुभएको हो । पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
    उहाँले ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको बताउनुभएको छ । ‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुइतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उहाँले भन्नुभयो ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिष्टको खोल ओडेर ओलीले यसरी गफ लगाउदैँमा कम्युनिष्ट हुनैनसक्ने उहाँको भनाई छ ।
    पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सुर्य चिन्हमा ग्रहण लागेको बताउनुभयो । पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उहाँले बताउनुभयो । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याणहुने छ’ उहाँले भन्नुभयो ‘पार्टी प्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुर्नगठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’
    नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताउनुभयो । ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिकहो’ उहाँले भन्नुभयो । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबिच गठबन्धन हुने बताउदैँ उहाँले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
    फरक प्रसंगमा उहाँले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्लाभएको बताउनुभएको छ । जिल्लामा उत्पादनहुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उहाँले दाबी गर्नुभयो । उहाँले जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार भएको बताउनुभएको छ ।
    यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । केही कार्यकर्ताहरु बिभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि बिस्तारै उनीहरु पनि आफ्नो भबिष्य सुनिश्चितको लागि कलम चिन्हभित्र गोलबद्धहुने उहाँले बताउनुभयो ।
    कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज शेर बहादुर केसी, प्रदेश अध्यक्ष अम्मर बहादुर थापा, केन्द्रिय सदस्य धिरेन्द्र श्रेष्ठ, भद्रसिंह बुढा, शारदा परियार, लक्ष्मण केसी, मोहन गौतम लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर दुइ सय बढी नेताकार्यकर्ताहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष उदय बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव भोला केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रमेश गौतमले गर्नुभएको थियो ।
    जनताको भावनाअनुसार एमसीसी पास वा फेल
    नेपाल कम्युनिस्टपार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । शुक्रवार बिहान समाजवादी प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीको अन्तर बस्तु र जनताको भावना दुवैलाई बुझेर मात्र अघि बढ्ने बताउनुभयो । एमसीसीको अध्ययन गरी गहिराई बुझेर मात्र लागु पर्ने प्रक्रिया अघिबढाउनु पर्ने उहाँको भनाई छ ।
    समाजवादी प्रेस संगठन नेपाल सल्यानको अध्यक्षमा पुन
    सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिती सल्यानको अध्यक्षमा बुद्धि पुन सर्वसम्मत निर्वाचित हुनुभएको छ । पार्टी अध्यक्ष नेपाल र उपमहासचिव ज्वालाको बिशेष उपस्थितीमा शुक्रवार पुनको अध्यक्षतामा २ सदस्य पछि थपगर्ने गरी १५ सदस्यीय जिल्ला कार्यसमिती घोषणा गरिएको हो । जसको उपाध्यक्षमा बामदेव केसी र मेघा रेउले, सचिवमा खेमराज सुनार, सहसचिवमा गोबिन्द आचार्य र करेस्मा गिरी तथा कोषाध्यक्षमा महेश कुमार वली रहनुभएको छ ।
    यस्तै सदस्यहरुमा सुनिल वली, लिला कुमारी वली, सुरेन्द चन्द, धिरेन्द्र परियार, भवानी बुढाथोकी, राधिका कवर र अनुनिश्चल बिक रहनुभएको छ ।

    Advertisement

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...