• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

उदय जिएमले पनि छोडे प्रगतिशील पत्रकार संघ ( विज्ञप्ति सहित )


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान। राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको भातृ संगठन प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्ष उदय जिएमले अध्यक्ष पदबाट राजीनामा दिएका छन । बुधबार जिएमले प्रेस बिज्ञप्तीमार्फत अध्यक्ष पदबाट राजिनामा दिएका हुन। बिज्ञप्तीमा उनले आफू स्वतन्त्र भएको पनि जानकारी गराएका छन।

    Advertisement

    पार्टी भित्र दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति
    हावी हुँदै आएकाले आफू यस्तो फोहोरी खेलमा नलाग्ने बताउदै उनले राजीनामा दिनुपरेको उल्लेख गरेका छन ।  उनी नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष पनि हुन् ।  यसै साता संघका गोपाल बराईलीले संगठनबाट बिद्रोह गर्दै नेकपा एकिकृत समाजबादीमा प्रबेस गरेका थिए।

    प्रेस विज्ञप्ति

    जिन्दगीको पहिलो राजीनामा । यसलाई अन्तिम बनाउने प्रयास रहनेछ ।                                    मैले २०४६ सालदेखि अविचलितरुपमा नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चानिकट रहेर उसको विचार, राजनीति, सिद्धान्तलाई सर्वोपरि ठान्दै आएको सबैमा अवगत नै छ । वैचारिक आस्थाका हिसावले नेकपा (मसाल)मा दृढ रहँदै पछिल्ला करीव २५ वर्ष नेपाली मूलधारको पत्रकारितामा सक्रिय रहेको पनि सबैलाई अवगत नै छ।

    यस अवधिमा शुरुका केही वर्ष पूर्णकालीन कार्यकर्ताका रुपमा अखिल भारत नेपाली एकता समाजका विभिन्नस्तरका समितिहरुमा क्रियाशील रहनुका साथै एकता समाजको केन्द्रीय कार्यालय सञ्चालन र मुखपत्र “नेपाली एकता”को प्रकाशनको जिम्मेवारी निर्वाह गरें । अखिल नेपाल जनजाति सम्मेलन (भारत शाखा)को जिम्मेवारीमा रहँदै मुखपत्र “जनजाति लहर”को प्रकाशनमा संलग्न रहें भने त्यसकै केन्द्रीय समितिको प्रकाशन विभाग र मुखपत्र “जनजाति आवाज”को प्रकाशनमा पनि संलग्न रहें ।

    २०५४ सालयता मूलधारको नेपाली पत्रकारितामा क्रियाशील रहेतापनि प्रगतिशील पत्रकार संघको संस्थापक केन्द्रीय सदस्य, दुईपटक महासचिव हुँदै हाल संघको अध्यक्षको रुपमा क्रियाशील छु । यही निरन्तरता र क्रियाशीलताका कारण अघिल्लो कार्यकालमा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेको अवगतै छ ।

    नेपाली कम्युनिष्ट आन्दोलन टुटफुट, विभाजन, एकता अनि ध्रुवीकरणको प्रक्रियाबाट अगाडि बढ्दै आएको इतिहास छ । विचार र सिद्धान्तमा मतैक्यता नभएपछि दुई लाइनको संघर्षलाई स्वस्थ र स्वच्छरुपमा सञ्चालन नगरी एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति छ । विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल) तथा राष्ट्रिय जनमोर्चा र त्यसका भातृ तथा शुभेच्छुक संगठनहरु र तिनका नेता÷कार्यकर्ताहरु भइरहेका छन् । केही आरोपहरु र कथित आरोपहरु, केही विमतिहरु र कथित विमतिहरुको पुलिन्दा बाँधेर अर्को पक्षलाई खुइल्याउने र समाप्त पार्ने अभियान चलिरहेका छन् । यस्तो अवस्थामा डिलमा बसेर रमिता हेर्न नसकिने भएकाले आजैको मितिदेखि प्रगतिशील पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नरहेको र स्वतन्त्र भएको जानकारी गराउँछु ।

    यसक्रममा हाइस्कूल पढ्दा नै मनमस्तिष्कमा राजनीतिक चेतको बिजारोपण गरिदिने आदरणीय गुरु कृष्णबहादुर महरा, भारतमा रहँदा संगठित गर्नेदेखि मेरा हरेक कदमहरुमा साथ, सहयोग र समर्थन गर्नुहुने आदरणीय महेश जीसी, मित्रलाल शर्मा, गिरधारीलाल न्यौपाने, डिलाराम आचार्य लगायतका नेतागणहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । मलाई संगठनको उच्च जिम्मेवारी प्रदान गर्नुहुने श्रद्धेय नेताहरु नेकपा (मसाल)का महामन्त्री क. मोहनविक्रम सिंह, वरिष्ठ नेता आदरणीय चित्रबहादुर केसी, दुर्गा पौडेल, कृष्ण अधिकारी, सुरेश थापालगायतका नेतृत्वगणप्रति उच्च सम्मान व्यक्त गर्दछु । संघका निवर्तमान अध्यक्ष नारायण शर्मा तथा रामसिंह श्रीस र परि थापालगायतका नेताहरुलाई पनि यो अवसरमा सम्झन चाहन्छु । प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र देशैभरका सम्पूर्ण सदस्य साथीहरुले मप्रति देखाउनुभएको सदाशयता, सद्भाव र सहयोगको उच्च प्रशंसा र सम्मान व्यक्त गर्दछु । र, नेपाल पत्रकार महासंघको उपाध्यक्षको भूमिकामा उत्तिकै हार्दिकता, उत्तिकै सद्भावका साथ यहाँहरुका हरेक सुखदुःख, खुशी, पीडा र हर्षमा यहाँहरुकै माझमा रहने विश्वास दिलाउन चाहन्छु ।

    अन्तमा, मेरो यो कदमपछि हरेक कोणबाट आउने आलोचना, गाली, ताली, सुझाव, सल्लाह र उत्प्रेरणाहरुलाई सहर्ष शिरोपर गर्नेछु । धन्यवाद !

    उदय जीएम
    ७ पुस २०७८

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation