• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

न्युनतम पारिश्रमिक समितिद्वारा अर्घाखाँचीमा अन्तरक्रिया


  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
  • कामनाडेली, अर्घाखाँची। नेपाल सरकार न्युनतम पारिश्रमिक समितिले अर्घाखाँचीका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया गरेको हो । समितिका सदस्य गिरु प्रसाद भण्डारीले सञ्चारकर्मिहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप पाए नपाएको र जिल्लाको सञ्चार क्षेत्रको विषयमा जानकारी लिएका थिए ।
    जिल्ला जिल्लामा पुगेर कार्यक्रम आयोजना गरिएको बताउँदै सदस्य भण्डारीले कोभिड–१९, का कारण प्रभावित भएका सञ्चारमाध्यम, सञ्चार गृह र सञ्चारकर्मिहरुलाई परेका गुनासाहरु लिएर सम्बन्धित निकायमा पेश गरी कार्यान्वयनमा लैजाने जानकारी दिए । सदस्य भण्डारीका अनुसार जिल्ला जिल्लामा पुगेर सञ्चारगृह र सञ्चारकर्मि सहभागी गराएर उनीहरुको समस्याको बारेमा बुझ्ने कार्य भइरहेको छ ।
    सञ्चार क्षेत्र स्थापना गर्दा मापदण्ड कायम नभएकाले आम सञ्चारकर्मिहरु मारमा परेको उनको भनाई थियो ।
    कार्यक्रममा सहभागीहरुको मिडिया स्थापनामा होडबाजी गर्ने प्रचलन बढ्दो रहेकोले ब्यवस्थापनमा जोड दिन आग्रह थियो । ऐनले सबैलाई तलब दिएको भएपनि खास पत्रकारले तलव नपाएको सहभागीहरुले गुनासो गरेका छन् । राज्यबाट पनि मिडिया प्रवद्र्धनमा लगानी नरहेको जनाउँदै उनीहरुले पुर्वाधार निर्माणलाई विकास ठान्ने तर मिडिया ब्यवस्थापन र प्रवद्र्धन विकास नठान्ने प्रवृत्तिले सञ्चार क्षेत्र कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।
    नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाकर पन्थीले मिडिया सञ्चालक र मिडियाकर्मि विकृत हुँदा पत्रकारिताको धर्म मासिएको उल्लेख गरेका छन् । विचार बिनाको पत्रकारिता संभव नरहेको उल्लेख गर्दै उनले समानुपातिक विज्ञापन निति लागु हुने हो भने अहिलेका समस्या सबै समाधान हुने उल्लेख पन्थीले बताएका छन् । पत्रकारिता धर्म हो र कर्म हो भन्ने ठानेर ब्यक्ति भन्दा संस्थालाई जोगाउने कार्यक्रम मिडिया कर्मि लाग्ने हो भने न्युनतम पारिश्रमिक कार्यान्वयनमा समस्या नरहेको बताए ।
    कार्यक्रममा सहभागी पत्रकार मुक्तिनाथ भुसालले प्रेस परिचय पत्र पाउनका लागि कुनै पनि मिडिया आफै खातामा पैसा राखिदिएर उनीहरुले तलव स्वरुप त्यहि पैसा बैंकमा जम्मा गरिदिने समेत प्रचलन रहेको बताए ।
    जिल्लामा पत्रिका र रेडियोलाई मात्र विज्ञापन दिने तर अनलाइन सञ्चार माध्यमलाई विज्ञापन नदिने प्रचलनले आफूहरु मिडिया सञ्चालन गर्न कठिनाई भएको पत्रकार सन्तोष केसीले बताए । उनका अनुसार स्थानीय तहले आग्रह पुर्वाग्रह राखेर अनलाई सञ्चार माध्यमहरुलाई विभेद गरीएको छ ।
    हरेक वर्ष यस्ताखाले अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने गरेपनि कार्यान्वयनमा नआउनु दुखको विषय रहेको पत्रकार श्याम घिमिरेले जनाए । विद्युत महसुल तिर्न नसकेर समस्यामा गाँजिएका रेडियोले न्युनतम पारिश्रमिक उपलब्ध गराउनु सञ्चारहगृहलाई चुनौती रहेको बताए ।
    राजनीतिले मिडिया गाँजेको उल्लेख गर्दै गोपाल प्रसाद भट्टराइले सुरुमा जसरी स्थापना गरीन्छ त्यसैगरी निरन्तरता नहुँदा मिडियाकर्मि समस्यमा रहेको उल्लेख गरे ।
    कार्यक्रममा सहभागी जितेन्द्र खत्रीले जिल्लामा एकैखालको विज्ञापन निति नहुँदा आमसञ्चार माध्यम सञ्चालनमा समस्या रहेको उल्लेख गर्दै उनले मिडिया र मिडियाकर्मि दुबै चुनौतीका साथ समय गुजार्नुपरेको धाराणा राखेका छन् ।
    कार्यक्रममा महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुषालको प्रमुख आतित्थ्यता, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, सन्धिखर्क न.पा.का उपप्रमुख ठाकुर कुमार बि.क., प्रमुख प्रशासकिय अधिकृत नारायण अ¥याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    Advertisement

    शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation