काठमाडौँ – सर्लाहीको भिन्दाभिन्दै स्थानमा आगलागी हुँदा एकै घरका दुई जनासहित तीन व्यक्तिको ज्यान गएको छ । आगलागीमा परि एकै परिवारका आठ वर्षकी दिदी र तीन वर्षकी बहिनीको ज्यान गएको हो ।
कविलासी नगरपालिकामा गएराति ९ बजे विद्युत् सर्ट भएर लागेको आगलागीमा सोही नगरपालिका ७ मा बस्ने जोगी महरा चमारकी छोरी लक्ष्मी कुमारी र सोगन्धी कुमारीले ज्यान गएको छ । उनीहरुलाई काठमाडौँ ल्याउँदै गर्दा बाटोमा नै ज्यान ग्एको प्रहरीले जनाएको छ । आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर जलेर नष्ट भएको छ ।
यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ । गएराति साढे ११ बजे बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा ७० वर्षीया नसिर खाँको ज्यान गएको प्रहरीले जनाएको छ ।