बाँके। बाँकेमा ५५ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ र बाँकेका एक एक जना युवा रहेका छन् ।
Advertisement
दाङ तुलसीपुर उपमहानगरपालिका १४ का ३३ वर्षीय गौरब बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिकाका ३२ वर्षीय सुवास वि.कलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई मंगलबार साँझ ७ बजे नेपालगन्ज उपमहानगरपालिका १५ जनमुनाह चेकपोष्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनहरुमाथि थप अनुसन्धान भइरहेको छ ।