अनुज पछाई, प्यूठान । आउँदै गरेको निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन विशेष कार्यक्रममा प्यूठान जिल्लाका ४ पालिका र जिल्ला प्रशासन कार्यालय प्यूठानमा गरेर ३ हजार ६ सय ५६ जनाले आफ्नो नामावली दर्ता गराएका छन् ।
अभियानकै रुपमा सञ्चालन भएको विशेष कार्यक्रममा सरुमारानी गाउँपालिकामा नयाँ मतदाताका रुपमा १ हजार ३८ जना थपिएका हुन । जसमा महिला ५३८ र पुरुष ५०० रहेका छन ।
त्यस्तै स्वर्गद्धारी नगरपालिकामा ७८० पुरुष र ६७५ महिला गरि १४२५ मतादाता थपिएको निर्बाचन कार्यालय प्यूठानले जनाएको छ ।
झिमरुक गाउपालिकामा २६० पुरुष र २०७ महिला गरि ४६७ र ऐरावति गाउपालिकामा महिला २१३ र पुरुष २४२ गरि ४५५ नयाँ मतदाता नामावलीमा दर्ता भएका छन ।
निर्वाचन कार्यालयका अनुसार १७ गतेदेखि सञ्चालन भएको कार्यक्रममा २६ गते आइतबार अन्तिम दिनसम्म नामवली फारम भरेका थिए ।
आँउदो निर्वाचनको तयारी लाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तबले जानकारी दिए । मतदाता नामावली संकलन कार्यक्रममा सेवाग्राहीको उल्लेख्य सहभागिता रहेको उनको भनाई छ ।
दोसा्रे चरण अन्तर्गत मंसिर २९ गते सोमबार देखि पुष ९ गतेसम्म माण्डबी गाउपालिका, ऐरावति गाउपालिका, नौबहिनि गाउपालिका र प्यूठान नगरपालिकामा मततदाता नामावली सङकलन कार्यक्रम सञ्चालन भएको छ ।
प्यूठानमा ३६५६ जनाले बनाए मतदाता नामावली
प्यूठानमा ३६५६ जनाले बनाए मतदाता नामावली
Advertisement
तपाईको प्रतिक्रिया