अर्घाखाँची। अर्घाखाँचीमा बहुविवाहमा फरार अभियुक्त ७ बर्षपछि पक्राउ परेका छन । जिल्लाका सन्धिखर्क नगरपालिका १० बस्ने वर्ष ३३का बसन्त नेपालीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उनलाई बहुविवाह मुद्धामा सम्मानित अर्घाखाँची जिल्ला अदालतले २०७१ माघ १३ गते ११ महिना ८ दिन कैद तोकेको थियो । तर उनि फरार रहेका थिए । नेपालीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरीएको छ
Advertisement