अर्घाखाँचीमा लागूऔषध मुद्धाका फरार अभियुक्त पक्राउ

अर्घाखाँची।  अर्घाखाँचीमा लागू औषध मुद्धामा फरार अभियुक्त १४ बर्षपछि पक्राउ परेका छन ।

जिल्लाको पाणिनी गाउँपालीका ८ बस्ने वर्ष ६२ का रोसन अली मियालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

उनलाई लागू औषध मुद्धामा सम्मानित गुल्मी जिल्ला अदालतले २०६४ असार १० गते ३ बर्ष कैद तोकेको थियो । तर उनि फरार रहेका थिए । अलीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरीएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...