• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

माओवादी प्रदेश सम्मेलन : नेताहरुको नजर नेतृत्वमा, लुम्बीनीमा को को छन लबिङमा ?


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • रुपन्देही । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सम्मेलन दाङको भालुवाङ क्षेत्रमा गर्दैछ । यससँगै यो क्षेत्रका माओवादी नेताहरु नयाँ नेतृत्व आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन् । माओवादीले आफ्नो आधार इलाका मानेको क्षेत्र भएकाले पनि यहाँको नेतृत्वप्रति नेताहरुको चासो धेरै छ ।
    पार्टीमा प्रदेश नेतृत्वको विशेष भूमिका रहने र आधार इलाकामा आफूअनुकुलको नेता ल्याउन पार्टीका शीर्ष नेताहरु दौडधुपमा लागेका छन्।

    Advertisement

    मंसिर २५ र २६ गते हुन लागेको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा उद्घाटन गर्नेछन् ।

    प्रदेशका ८ सय प्रतिनिधि तथा त्यतिकै संख्यामा पर्यवेक्षक तथा सक्रिय कार्यकर्तालाई जुटाएर उद्घाटन गर्ने कार्यक्रम अन्तिम तयारीमा रहेको माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले जानकारी दिए।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रादेशिक कमिटीको चुनाव पूरा गरिसकेपछि सत्तासाझेदार दल माओवादी केन्द्रले पनि अधिवेशनको तयारी गरेको छ ।

    माओवादीले लुम्बिनी प्रदेशको १ सय ९ वटा पालिका, निर्वाचन क्षेत्रलाई आधार मानेर भूगोलबाट ६ सय प्रतिनिधि छानेको छ भने आयोजक, जेष्ठ कम्युनिष्ट मन्च, विभिन्न विभाग र मनोनित गरी थप २ सय प्रतिनिधि गरी ८ सय प्रतिनिधि छानेको नेता बरालले जानकारी दिए । सम्मेलनको लागि तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

    माओवादीले यसपटक स्थानीय तहलाई कार्यकारी बनाएको छ । लुम्बिनी प्रदेशका १०९ वटै पालिकाबाट सम्मेलनमा भौगोलिक उपस्थिति हुनेछन् । माओवादीको लुम्बिनी प्रदेश कमिटी २०५ सदस्यीय हुनेछ ।

    ‘२०५ सदस्यीय कमिटीमा १०९ जना पालिकाबाट छानिने छन्, यसले गर्दा पालिका कार्यकारी भएको छ’ उनले भने । मुलुक संघीयतामा गएसँगै जिल्ला संरचना खारेज भएको अवस्थामा पालिकालाई कार्यकारी बनाइएको माओवादी केन्द्रको भनाइ छ ।

    माओवादीको हाल कायम रहेको जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति बनाइने छ भने केन्द्र, प्रदेश र पालिकास्तरीय समिति कार्यकारी रहने छन् । पालिकाको सम्बन्ध प्रदेश कमिटीसँग र प्रदेशको सम्बन्ध केन्द्रीय कमिटीसँग रहने छ ।

    २०५ सदस्यीय लुम्बिनी प्रदेश सम्मेलनमा ७६ जना खुलारुपमा छानिने छन् । माओवादीले महिला सहभागिता ३५ प्रतिशत गराउने भएको छ ।

    यस आधारमा लुम्बिनी प्रदेश समितिमा ७० जना महिला प्रतिनिधित्व हुनेछ । दलितको प्रतिनिधित्व ३० जना अर्थात् १५ प्रतिशत हुनेछ भने मुस्लिम समुदायको सहभागिता पाँच प्रतिशत हुनेछ । प्रदेश समितिमा १० जना मुस्लिमको कोटाबाट छानिने छन् ।

    बहुपदीय प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीनजना उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष गरी सातजना पदाधिकारी हुनेछन् । माओवादीले उपमहानगरबाट अनिवार्य तीनजना र नगर तथा गाउँपालिकाबाट दुई–दुई जना प्रतिनिधि सम्मेलनमा सहभागी गराउँदै छ । अरु प्रतिनिधि सदस्य संख्याको आधारमा तय गरिएको छ । लुम्बिनी प्रदेशमा माओवादीको कुल पार्टी सदस्य संख्या एक लाख १२ हजार रहेको र सबैभन्दा धेरै दाङमा १९ हजार ७०० रहेका छन् ।

    माओवादीको विधानअनुसार अव प्रदेश कमिटीमा रहने कुनै पनि नेता केन्द्रीय कमिटीमा रहन पाउने छैनन् । प्रदेश कमिटीको पदाधिकारी रहेका केन्द्रीय सदस्यहरुले अव भने कुनै एक रोज्नुपर्ने भएको छ ।

    प्रादेशिक संरचना बलियो बन्न लागेकाले यसअघि केन्द्रमा रहन चााहेका नेताहरु प्रदेशको नेतृत्वका लागि इच्छुक बनेका छन् । लुम्बिनीमा माओवादीले स्थायी कमिटी सदस्य चन्द्रप्रकाश खनाल बलदेवलाई इन्चार्ज बनाएको छ । माओवादीकाको आधार इलाकाभित्र पर्ने क्षेत्र भएकाले यो प्रदेहको निर्वाचनमा केन्द्रीय नेताहरुको पनि विशेष चासो रहेको छ भने यहाँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु धेरै भएकाले पनि उनीहरुको चासो बढेको हो ।

    लुम्बिनीबाट नेता कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, कुलप्रसाद केसी चन्द्रप्रकाश खनाल, वामदेव घिमिरे, सुदर्शन बराललगायतका प्रभावशाली नेताहरुले केन्द्रमा प्रभाव जमाएका छन् ।

    माओवादी केन्द्रमा रहेर लामोसमय मोर्चा सम्हालेका नेता टोपबहादुर रायमाझी, मणि थापा, चन्द्रबहादुर खड्का, नविन रोकामगर, दधिराम न्यौपाने, गिरीधारीलाल न्यौपाने, दिनेश पन्थी, अनुप बराललगायतका नेताहरु एमालेको मुख्य जिम्मेवारीमा रहेपछि त्यो खाडल पुर्न माओवादीलाई चुनौती थपिएको छ ।

    यससँगै मोओवादी जनयुद्धमा मुख्य जिम्मेवारी दिएका र अहिले अलग्गै पार्टी बनाएका नेत्रविक्रम चन्द विप्लवको विशेष क्षेत्र पनि लुम्बिनी नै हो । नेता मोहन वैद्य किरण तथा अहिले जनता समाजवादी पार्टी बनाएका नेता बाबुराम भट्टराईले समेत समेट्न थालेपछि कार्यकर्ता जोगाउन माओवादी मुस्किल भइरहेको छ ।

    प्रदेश अध्यक्षका लागि लविङमा नेताहरु

    लुम्बिनी प्रदेश अध्यक्षका लागि प्रदेश सांसद दिपेन्द्र पुन सिजल, प्रदेश सांसद दामा शर्मा, राष्ट्रियसभा सदस्य तथा अहिले पार्टीको प्रदेश कमिटी सदस्य जगप्रसाद शर्मा र पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय अगाडि आएका छन् ।

    नेताहरु वर्षमान पुन र ओनसरी घर्तीले रोल्पाका दिपेन्द्र पुन सिजललाई जसरी पनि नेतृत्वमा ल्याउन लागिपरेका छन् भने नेता जनार्जन शर्मा प्रभाकरले दामा शर्मालाई प्रदेशको नेतृत्वमा ल्याउन लागिपरेका छन् । तर पार्टी केन्द्रले दुवै पक्षलाई विवादमा आउन नदिन कपिलवस्तुका डोरप्रसाद उपाध्यायलाई नेतृत्वमा पठाउन सक्नेगरी छलफल गरेको छ ।

    उपाध्यायले आफू केन्द्रीय कार्यालयमा रहेपनि पार्टीले निर्णय गरेर पठाए जिम्मेवार लिन तयार रहेको प्रतिक्रिया दिएका छन् । नेता दामा शर्माले धेरै साथीहरु केन्द्रमा रहने इच्छा गरेको र आफूले पनि केन्द्रमा पाएसम्म अरु इच्छा नगरेको बताइन्।

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation