अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले किसानहरुलाई मिल्क क्यान वितरण गरेको छ । नगरपालिकाले व्यबसायिक रुपमा दुध उत्पादन गर्ने नगरपालिका भित्र रहेका ४० भन्दा बढी किसानलाई २० लिटर क्षमताको मिल्क क्यान दिएको हो। ७५ प्रतिशत अनुदानमा किसानहरुलाई ५२ थान मिल्क क्यान वितरण गरिएको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले उत्पादनका अन्य क्षेत्रमा पनि अनुदान दिदै आएको उहाँले सुनाउनुभयो । दुध बिक्रीका लागि सहज होस भनेर क्यान वितरण गरिएको नगरउप्रमुख ठाकुर कुमार बि.क (किशोर) ले बताउनुभयो । किसानले अनुदानमा प्राप्त गरेका क्यानलाई सही सदुपयोग गरि प्रयोग गर्न अनुरोध गदै त्यसको अनुगमन समेत गरिने नगरपाकिाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । नगरपालिकाको करिव ३ लाख रुपैया बजेटमा उक्त सामग्री वितरण गरिएको नगरपालिकाका पशुशाखा प्रमुख नारायण खनालले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुँदाली,कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतको सभागिता रहेको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर आचार्य, अर्घाखाँची बहुउदेश्यीय कृषक समृहका अध्यक्ष रामचन्द्र भुसालले मन्तव्य राखेका थिए ।
सन्धिखर्क नगरपालिकाले दियो किसानलाई ‘मिल्क क्यान’
सन्धिखर्क नगरपालिकाले दियो किसानलाई ‘मिल्क क्यान’
Advertisement
तपाईको प्रतिक्रिया