बाख्रापालक महासंघ प्युठानको अध्यक्षमा राम बहादुर एम.सी चयन

अनुज पछाई,प्युठान। नेपाल व्यवसायिक बाख्रापालक महासंघ प्युठानको अध्यक्षमा राम बहादुर एम.सी चयन हुनुभएको छ।
सोमबार जुम्री बजारमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिबेशनले एम.सी. को नेतृत्वमा १९ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जस्को उपाध्यक्षमा देवा घर्तीमगर र सचिवम पदम बहादुर के.सी. चुनिनुभएको छ।

महासंघको सह-सचिवमा भुवन कार्की र कोषाध्यक्षमा बिनोद खड्का चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरुमा महेन्द्र जिसी,सन्तोष अधिकारी,शसिधर रिजाल,पुर्ख सिं सुनार,कमला खनाल,देव बहादुर केसि, हर्क बहादुर घर्ती मगर,दुक बहादुर पुनमगर, केशर अधिकारी,भगवता श्रेष्ठ, छवीलाल पुन,गिरु प्रसाद भुसाल र रबिन्द्र मल्ल रहनुभएको छ।

अधिबेशनबाट दल बहादुर खत्री, केशब केसि, प्रेम पुन,डोरी रोका र लक्ष्मी श्रेष्ठलाई प्रदेश प्रतिनिधि छानिएको छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...