बसको ठक्करवाट कपिलबस्तुमा एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न १ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार विहान शिवराज नगरपालिका वडा न १ स्थित हाइवेय पेट्रोलपंम्प नजिकै बसको ठक्करवाट १८ वर्षीय किशोरको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जाकारी दिएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा १८ वर्षीय सन्तोश मगर रहेको प्रहरीले जनाएको छ ।

पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले आज विहान वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गरेका पुनलाइ ठक्कर दिँदा साइकल यात्रि किशोर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका पुनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र प्रहरीले नियन्त्रणमा लिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...