जनकराज भट्टराई, पाल्पा। बुधबारदेखी पाल्पाको तानसेन – रिडि – तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ।
यहि मंसीर ८ गतेदेखि मंसीर २२ गतेसम्म १५ दिन सडक बन्द गर्न लागिएको हो। सडक डिभिजन कार्यालय तानसेनले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत रिब्दीकोट गाउपालिकाको जोर्ते भिरमा बाटो फराकिलो गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ। सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म र राती ९ देखि बिहान ४ बजेसम्म दुईतर्फी बाटो बन्द रहने डिभिजन प्रमुख रामेश्वर लम्सालले बताउनुभयो।
उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने जानकारी दिनुभयो । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत सडक डिभिजन कार्यालय तानसेनले अनुरोध गरेको छ। तानसेन आउने बैकल्पिक सडक समेत प्रयोग गर्न सडक समेत सडक डिभिजन कार्यलय अनुरोध गर्दछ।
Advertisement