• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

जस्ले १२ दिन अघि श्रीमती गुमाए, अहिले यी कलकलाउँदी छोरी !


  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
  • काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई १२ दिनको अवधिमा पत्नी र पुत्रीशोक परेको छ।
    गत कात्तिक ४ गते थापाकी श्रीमती खुमा बुढा मगरको ४२ वर्ष उमेरमा र कात्तिक १५ गते छोरी कृति थापा राजभण्डारीको ३० वर्ष उमेरमा निधन भएको एमाले जिल्ला कमिटी सदस्य दिनेश फुल्लेले जानकारी दिए।

    Advertisement

    खुमा कृतिकी कान्छी आमा हुन्। उनकी आफ्नी आमा अञ्जु थापाको २०६६ सालमै मृत्यु भएको थियो। अञ्जुको निधनपछि कुमारले खुमासँग केही वर्षअघि विवाह गरेका थिए। बुटवल उपमहानगरपालिका(१२, ढबाहा निवासी थापाका जेठा छोरा केशन थापा पनि सहिद गंगालाल हृदयरोग अस्पतालमा उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।

    गत असोज २८ देखि आएको ज्वरो बढ्दै गएपछि उपचार क्रममा कात्तिक ४ गते खुमाको मृत्यु भएको थियो। अस्पताल भर्ना गर्दा ज्वरो आउनुका साथै हेमोग्लोबिन घट्दै गएको र पछि ब्रेन ह्रयामरेजका कारण खुमाको मृत्यु भएको अस्पतालले जनाएको थियो। खुमाको मृत्यु भएको १२ दिनपछि थापाकी छोरी कृतिको पनि मृत्यु भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ। कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन्।

    उनको काठमाडौं, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो। रविन्द्र राष्ट्र बैंक हुँदै हाल परराष्ट्र मन्त्रालयमा अधिकृत छन्। उनी यसै साता ब्राजिल जाने तयारीमा थिए। उनका जेठाजु गेहेन्द्र राजभण्डारी युरोपेली युनियनका लागि ब्रसेल्समा राजदूत छन्।

    कृति आठ महिनाकी गर्भवती थिइन्। नियमित गर्भ परीक्षण गर्दै आएकी कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए। तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो। त्यसको एक सातापछि उनको मृत्यु भएको पारिवारिक स्रोतले बतायो। सुरूमा खोकी बढ्दै गएपछि नर्भिक अस्पताल काठमाडौंमा उपचारका लागि गएकी उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। कोरोनासँगै मुटुमा समस्या देखिएपछि टिचिङ अस्पताल लगेर अप्रेसन गरी बच्चा निकालिएको थियो।

    पारिवारिक स्रोतका अनुसार कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। अहिले त्यही भल्बमा समस्या आएपछि मुटुमा संक्रमण फैलिएको थियो। पहिले नै मुटुका भल्ब फेरिएको र गर्भवती अवस्थामा कोरोना संक्रमणसँगै भल्बमा समस्या आएपछि संक्रमण फैलिँदै जाँदा उनको मृत्यु भएको हो।

    बेहोस अवस्थामै अप्रेसन गरी बच्चा जन्माइएपछि एक सातासम्म भेन्टिलेटरमै रहेकी कृतिलाई चिकित्सकले १५ गते मृत घोषणा गरेका हुन्। उनको बच्चाको पनि टिचिङ अस्पतालमै उपचार भइरहेको छ। यता आमाको किरिया बस्ने क्रममै मुटुमा समस्या देखिएपछि थापाका जेठा छोरा २७ वर्षीय केशन थापा गंगालाल हृदययरोग उपचार केन्द्रमा उपचाररत छन्। केशनको पनि मुटुको भल्बमा प्वाल देखिएपछि १२ वर्ष उमेरमा लेजरथेरापी गरिएको थियो।

    लेजरथेरापी गरिएको १५ वर्षपछि अहिले फेरि भल्बमा समस्या देखिएको छ। अब भने मुटुको अप्रेसन गरी भल्ब फेर्न चिकित्सकले सुझाव दिएका छन्। पारिवारिक स्रोतका अनुसार उनको केही दिनभित्रै अप्रेसन गर्ने तयारी भइरहेको छ।

    लामो समय सवारी चालक रहेका कुमार थापाले आधा दर्जनभन्दा बढी चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरेका थिए। उनले चलचित्र औंठाछाप र टेलिचलचित्र ुडाँडापारिको गाउँ लगायतमा अभिनय गरेका छन्।

    सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation