• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सप्तरीमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती


  •   शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
  • नानीमैया कटवाल, सप्तरी ः सप्तरीको कञ्चनरूप नगरपालिकामा साहित्यिक गोष्ठी गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती मनाइएको छ ।
    सप्तरीको कञ्चनरूप, सप्तकोशी र राजविराज नगरपालिका तथा उदयपुरका सहित्यकारहरूले देवकोटाको चर्चा र रचनावाचन गरेर देवकोटाको जन्मजयन्ती मनाएका हुन् ।
    सगरमाथा साहित्य परिषद् र प्रगतिशील लेखक सङ्घको आयोजनामा भएको गोष्ठिीमा नन्दलाल आचार्य, मेघराज पौडेल, मनोहर पोखरेल, शम्भु कार्की, ईश्वरीप्रसाद नेपाल, मान्सी मनोहर, सुजता बुढाथोकी, दिनीशा कटुवाल, अञ्जली कटुवाल, कृतिका न्यौपाने, प्रज्ञा कोइराला, विपाशा चौधरी, सुमित्रा परियार, प्रतिक विष्टले कविता र गजल वाचन गर्नुभयो ।
    प्रलेस सप्तरीका उपाध्यक्ष मेघराज पौडेलको अध्यक्षता र कञ्चनरूप नगरपालिकाका नगरप्रमुख बसन्त मिश्रको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्वागत सर्वोदय माविका प्रधानाध्यापक तारानन्द मल्लिकले स्वागत गर्नुभएको थियो ।
    प्रमुख अतिथि मिश्रले अलौकिक प्रतिभाका धनी महाकवि देवकोटाले नेपाली साहित्यलाई विश्वमा परिचित गराउन अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले साहित्यिक पुस्तकालय निर्माण र जिल्लास्तरको प्रतियोगितात्मक साहित्यिक कार्यक्रम गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । उहाँले अब नगरपालिकाको ध्यान कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित बनेको शिक्षा क्षेत्रमा जाने बताउनु भयो ।
    यसैगरी सप्तकोशी नगरपालिका नगर प्रमुख उत्तम गौतमले महाकवि देवकोटा विशिष्ट साधक भएको विचार व्यक्त गर्नुभयो । उहाँले महाकवि देवकोटाको योगदानलाई चीरस्थायी राख्न र सप्तरीमा साहित्यिक गतिविधिलाई प्राथमिकता दिन सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, सचिव नन्दलाल आचार्य, प्राध्यापक विश्वराज खतिवडा, पूर्व प्रधानाध्यापक तिर्थराज उपाध्याय, शिक्षक नारायण खडका, पत्रकार उत्तम आचार्यलगायतले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको विशद् चर्चा गर्नुहुँदै देवकोटा नेपाली साहित्यका विशिष्ट साधक तथा विराट र शिखर प्रतिभा भएको विचार व्यक्त गर्नुभयो ।
    महाकवि देवकोटाको जन्म विसं १९६६ कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै नेपालसहित नेपाली भाषी बाहुल्य रहेका अन्य देशका विभिन्न क्षेत्रमा पनि लक्ष्मीपूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ ।
    पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइँलो छोराको रूपमा जन्मिनु भएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी प्रगतिवादी धाराको सुरुवात गर्नुभएको थियो ।
    नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।
    दस वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु भयो।
    तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दस दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता थियो । देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।
    वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।

    Advertisement

    (तस्विर संलग्न छ)ः

    शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation