जनक पन्थ, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मंगलवार जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–५ का ४८ वर्षका तुल्सिराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफनै खरबारिमा खर काट्ने क्रममा भिरबाट लडेर २ सय मिटर तल खसेर घाइते भण्डारीको उपचार गर्न ज्वाङ स्वास्थ चौकिमा पुर्याउदा अस्पतालले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।
Advertisement