जनक पन्थ, गुल्मी । गुल्मीमा कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदिमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आइतबार बिहान जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । नदिमा बेपत्ता भएका युवकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Advertisement