अनिल खत्री, गुल्मी । दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढेको छ । नागरिकता राहदानी लिनेहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा चाप बढेको छ ।
दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्राहीको चाप सुरु भएको छ । कार्यालयमा खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा बिभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।
अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिता २० जना भन्दा वढिले प्रतिलिपी लिने गर्दछन् । तर दशैं पछि कार्यालय खुलेपछि सोमबार मात्रै १३२ जनाले नयाँ नागरिता लिएको जिल्ला प्रशासन कार्याल्य गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
पन्थीका अनुसार सोमबार मात्रै नागरिकताको प्रतिलिपि ६५ जनाले, नावालक परिचयपत्र ४ जनाले, राहदानी सामान्य तथा द्रुत सिफारिस ११२ जनाले, जनजाति÷दलित प्रमाणीत १९ जनाको, राष्ट्रिय परिचयपत्र दर्ता १०१ जनाको र राहदानी बितरण ५० जनाको गरिएको थियो । यो सेवा जिल्ला प्रशासनकै नौलो रेकर्ड हो ।
प्रशासनमा आइतबार मात्रै नयाँ नागरिता ११३ जनाले, प्रतिलिपि ६६ जनाले, नावालक परिचयपत्र ८ जनाले, राहदानी सामान्य र द्रुत सिफारिस १४२ जनाले, राष्ट्रिय परिचयपत्र दर्ता ११५ जनाले, राहदानी बितरण ७६ जनालाई गरिएको पन्थीले बताए । गुल्मी जिल्लामा जती नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ ।
नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयमा दुईजना प्रशासकीय अधिकृत हुने व्यवस्था भएपनि एकजना मात्रै हुँदा समस्या भएको छ।
यसभन्दा पहिले सेवाग्राहीको भिड हुँदा कारागार कार्यालयबाट कर्मचारी ल्याइ काम गरेपनि अहिले कारागारमा पनि कर्मचारी छैनन् । जसले गर्दा सेवाप्रवाहमा समस्या परेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सेवामा प्रशासनका जनशक्तिको अधिकतम प्रयोग गरेको प्रतिक्रिया दिए ।
कर्मचारीको अभाव हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । दशैंको समयमा घर आएकाहरु नयाँ नागरिकता बनाउन आउनु र प्रशासनमा कर्मचारीको अभाव हुनुले नागरिकता बनाउन सेवाग्राहीले सास्ती खेप्नुपरेको हो ।
प्रशासनमा दसैं र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ । जिल्लामा दसैँअगाडीबाट नै धेरैथोरै भिड भएपनि बिहीबारबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो ।