कपिलबस्तु। कपिलवस्तुमा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
Advertisement
जिल्लाको बुद्धभुमी नगरपालिका- १० स्थित बिजगौरीमा बाणगङ्गा नदीले २ जना महिलालाई बगाएको हो।
बाणगां नदी अन्तर्गत बिजगौरीमा नदी तर्नेक्रममा बुद्धभुमि नगरपालिका- १० ढडीहवाकि ३० बर्सकी सीता थारूको नदीले बगाएर मृत्यु भएको हो।
सितासँगै नदीमा बगेकी १२ वर्षीया सुजना थारु भने बेपत्ता भएकी छन्। उनको नेपाली सेना सहित सशस्त्र र नेपाल प्रहरीले खोजी गरिरहेका कपिलवस्तु प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।