• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लुम्बिनी प्रदेश : नेकपा (एस) लाई ७१ जनप्रतिनिधीको साथ


  •   मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
  • कामनाडेली, रुपन्देही। नेकपा एमाले विभाजन गरि नेकपा एकिकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपालका पक्षमा लुम्बिनीमा भने निकै कम जनप्रतिनिधिले साथ दिएका छन्। एक जना प्रदेशसभा सदस्य र ७१ जना स्थानीय तहका जनप्रतिनिधिले नेपालको पार्टी राजेका हुन्।

    Advertisement

    पहिले नेपाललाई साथ दिएका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरु एमालेमै बसेपछि नयाँ दल रोज्‍नेहरुको संख्या कम भएको हो।

    लुम्बिनी प्रदेश सभामा पाल्पाका रमा घर्ती मगर मात्रै नेकपा एकिकृत समाजवादीमा खुलेकी छन। लुम्बिनीमा एमालेका ३७ जना सांसद छन्। तर, पाल्पाकी घर्ती नयाँ दलमा गएपछि एमालेमा भने ३६ जना सांसद संख्या रहेको छ। यसअघि नेपाल पक्षमा खुलेका विष्णु पन्थी एमालेमै बसेका छन्।

    स्थानीय तहका जनप्रतिनिधिले पनि निकै कम मात्रै नयाँ दल रोजेका छन। सबैभन्दा धेरै दाङ जिल्लामा २१ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन्। रुपन्देहीमा घनश्याम भूसालले केही जनप्रतिनिधिलाई रोक्न सफल भएका छन्। रुपन्देहीमा नेकपा एमालेका एक जना उपमेयर सहित सात जनाले नेकपा एकिकृत समाजवादी रोजेका छन्।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय भण्डारीले सोमबार ५ जना र मंगलबार २ जना गरि ७ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको बताए। मंगलबार रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का सदस्यहरु सरस्वती पोखरेल र सितादेवी विकले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए।

    पोखरेल वडा नम्बर ७ कि महिला सदस्य हुन् भने बिक दलित महिला सदस्य हुन्। यसअघि सोमबार एकजना नगर उपप्रमुखसहित पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। सोमबार सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

    रुपन्देहीमा १६ स्थानीय तहमध्ये सातवटामा प्रमुख र आठवटामा उपप्रमुख पद एमालेले जितेको थियो। १५ जना प्रमुख र उपप्रमुखमध्ये एकजनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै छन्। एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसालले जनप्रतिनिधि रोक्न जिल्लामै बसेकाले पनि धेरै जना नखुलेको नेकपा एकिकृत समाजवादीका रुपन्देही संयोजक राजु गुरुङले बताए।

    सनाखत गर्न हिडेका जनप्रतिनिधिलाई समेत विभिन्‍न प्रलोभन देखाएर बाटैबाट फर्काइएको उनले बताए। त्यस्तै रुपन्देहीका १९ जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। मर्चवारी गाउँपालिकाका प्रमुख केशवनन्द बानिया र उपप्रमुख सुनिता कलवारसहित १९ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका हुन्।

    स्थानीय तहको निर्वाचनमा रुपन्देहीका चारवटा स्थानीय तहमा जनता समाजवादी पार्टीले सिट सुनिश्चित गरेको थियो। त्यस्तै दाङको स्थानीय तहका २१ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी दल रोजेका छन्। भदौ १५ गतेदेखी २२ गते सम्म दल रोज्न समय निर्धारण गरेको थियो।

    सोही अनुसार दाङका स्थानीय पालिकाका २१ जना जनप्रतिनिधिहरुले प्रदेश निर्वाचन कार्यालय दाङमा सनाखत गरेको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए। समाजवादीका नेता मेटमणि चौधरी र भागवत विश्वासीको जिल्ला भएकाले यहाँ केहि प्रभाव परेको हो। तर, अधिकांश जनप्रतिनिधिले भने एमाले छाडेनन्।

    त्यस्तै अर्घाखाँची जिल्लामा एमालेबाट निर्वाचित एक गाउँपालिका उपाध्यक्षसहित ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

    पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित चारजनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै अन्य बाँकी वडा सदस्यहरु रहेको निर्वाचन आयोगले जनाएको छ।

    गोकर्णले रोके जनप्रतिनिधि

    गुल्मीमा नेकपा एकिकृत समाजवादी पार्टी जनप्रतिनिधीका रुपका हिसावले समेत निल बनेको छ। निर्वाचन आयोगले दल रोज्‍न पाउन मंगलबार अन्तिम दिन भदौ २२ गतेको कार्यलय समय भर कुनै एक जना पनि जनप्रतिनिधी नेकपा समाजवादी दल रोज्‍न नआएको हो। जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन्।

    नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको जन्मथलो गुल्मीमा नेकपा एमालेबाट एक जना कार्यकर्ता समेत हाल सम्म सो पार्टीमा नखुलेका छैन।

    जिल्ला निर्वाचन अधिकारी कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिकासहित १२ वटा पालिकामध्ये सातवटा पालिका प्रमुखमा एमालेका नेताहरु छन्। १० जना उपप्रमुख छन्। वडाध्यक्ष र वडा सदस्य ३१३ जनासहित ३ सय ३० जना नेकपा एमालेका स्थानीय जनप्रतिनिधीहरु रहेका छन्। राष्ट्रियस्तरमा रामकुमारी झाँक्रीको प्रभाव र चर्चा चुलिए पनि स्थानीय तहमा भने उनको प्रभाव कमजोर देखिएको छ।

    यसैगरि बाँकेमा एक जना वडाध्यक्षसहित १२ जनाले नेकपा एकीकृत समाजवादी दल रोजेका छन्। एक वडाअध्यक्ष सहित ३ कार्यपालिका सदस्य र बाँकी सदस्यहरु रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले बताए। एक जना सदस्यले भने एमालेमै फर्केको निवेदन दिएको उनले बताए।

    यसैगरि कपिलबस्तुमा नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा एक जना मात्रै वडा सदस्य खुलेका छन्। शिवराज नगरपालिका कार्यपालिका एक जना सदस्यले जिल्ला निर्वाचनमा गएर समाजवादीमा सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ।

    त्यस्तै अर्का शिवराज नगरपालिकाका एक जना वडाअध्यक्षले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। त्यसैगरि प्यूठानमा ७, रुकुम पूर्वमा एक उपाध्यक्ष सहित ५, रोल्पामा ५, पाल्पा, नवलपरासी र कपिलबस्तुमा एक-एक जनाले मात्रै नेकपा एकिकृत समाजवादी पार्टी रोजेको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए।

    लुम्बिनीमा नेकपा एकिकृत समाजवादी (स्थानीय तह जनप्रतिनिधि)

    दाङ – २१

    बाँके – ११

    रुपन्देही– ७

    बर्दिया – ६

    रुकुम पूर्व – ५

    रोल्पा – ५

    अर्घाखाँची – ६

    प्युठान – ७

    गुल्मी – ०

    पाल्पा –१

    मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation