काठमाडौं। गायिका विष्णु माझीको नयाँ तीज गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतले चर्चा बटुल्दै गएको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको ‘चरी जेलैमा’बोलको यो गीतले अहिले टिकटक देखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको हो । ‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन्। सुन्दरमणी अधिकारीको शब्द÷संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीले एरेन्ज गरेका हुन। भिडियोमा ललिता पौड्यालको अभिनय छ । शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् ।
तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।
एकसाता अघि सार्वजनिक गीतलाई युट्युबमा ४४ लाख बढी पटक हेरिसकिएको छ १० हजार बढी प्रतिक्रिया आईसकेका छन् । अधिकांशले गीतको प्रशंशा गरेका छन् । सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ। गायिक माझिको यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन्। शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
माझीका यसअघि ‘रुमाल हल्लाई हल्लाइ’, ‘सालको पात टपरी’, ‘यो मन रुन्न होला र’, ‘लालु पाते नुघ्यो भुइँतिर’लगायत गीत लोकप्रिय छन्।
भिडियो हेर्नुहोस।