• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • इटहरी । इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।
    इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए ।
    ३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभिन्न विषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ । वर्तमान अवस्थाका साथै इटहरीको भावि सम्भावनाहरुसमेत पुस्तकले उजागर गरेको छ ।
    पुस्तक विमोचन कार्यक्रममा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र विभिन्न समयमा प्रकाशन गर्ने तीन जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसी सम्मानित भएका छन् । तीनै जना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो
    समयदेखि सक्रिय छन् ।
    विमोचन कार्यक्रममा बोल्दै पूर्वमन्त्री कुमार सुब्बाले पुस्तकले भविष्यको लागि अझ दायित्व थपेको बताए। उनले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझाव दिए । उनले इटहरीको ऐतिहासिक घटनाबारे समेत
    बताएका थिए । यस्तै पुर्व मेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै विषय समेटेको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गरेर समेट्न सुझाव दिए ।
    यस्तै इटहरीका मेयर द्वारिकलाल चौधरीले पुस्तक प्रकाशन भएकोमा सह्रना गर्दै यो ऐतिहासिक उपलब्धी भएको बताए । इटहरी बन्नमा सबैको योगदान रहेको कुरा किताबमा समेटिएको पाइएको बताउँदै उनले इटहरीका विभिन्न स्थानहरुको नामाकरणबारे चर्चा गरेका थिए ।
    विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका नगरवासीहरुको उपस्थिती रहेको कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य तथा आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई, एमाले नगर अध्यक्ष यामकुमार सुब्बालेसमेत शुभकामना दिएका थिए ।
    कार्यक्रममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको जानकारी दिए । उनले पुस्तकमा भएका कमी कमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्नेसमेत बताए । उनले इतिहासलाई बेलैमा अभिलेख गर्नसमेत आग्रह गरे ।
    कार्यक्रममा पुस्तक प्रकाशन टिममा रहेर विविध जिम्मेवारी निभाउने विभिन्न व्यक्तिहरुलाई धन्यवादपत्र समेत दिइएको थियो । कार्यक्रम भूमिका पाख्रिनले सञ्चालन गरेकी थिइन् ।
    नेप्ली मिडिया प्रालि विगत ६ वर्षदेखि वृत्तचित्र निर्माण, तालिमहरु, रिसर्च, विज्ञापन, प्रबद्र्धन लगायतका क्षेत्रमा सक्रिय छ । ‘इतिहासमा इटहरी’ नामक वृत्तचित्र निर्माण गरेर प्रदर्शनसमेत गरीसकेको उक्त संस्थाले विराटनगरको ऐतिहासिक वृत्तचित्र ‘विराट विराटनगर’ लगायत विभिन्न स्थान, संस्थाहरुको वृत्तचित्र निर्माणको काम गरिसकेको छ ।

    Advertisement

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation