कामनाडेली, बाँके। बाँकेमा हात्तीको दाँतसहित ३ जना पक्राउ परेका छन् । विहीबार विहान ११ बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नंवर ३ सम्झना चोकबाट हात्तीको दाँतसहित उनीहरु पक्राउ परेका हुन।
पक्राउ पर्नेमा दाङ बबई गाउँपालिका वडा नं. ५ वस्ने ५० वर्षिय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका वडा नं.३ वस्ने ८५ वर्षिय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षिय धन बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
Advertisement
प्रहरीका अनुसार दल बहादुर सुनारले बोकेको कालो रंगको झोला भित्र सेतो प्लाष्टिकले बेरिएर राखिएको अवस्थामा हात्तीको जस्तो देखिने २ वटा दाँत बरामद भएको छ ।
यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।