कामना डेली, सुनसरी। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका – ७ बुद्धचोक क्षेत्रमा गोरु काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरु काटि रहेको अबस्थामा ३२ बर्षिया तिल बहादुर दाहाल र ३३ बर्षीया विजय कुमार राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरवाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुबैजना माथि पशुपंक्षि सम्बन्धि कसुर मुद्धामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको सुनसरी प्रहरीले जनाएको छ।
Advertisement