• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

‘फर्कन छोरा’मा बाबुआमाको कारुणिक दुःख ( भिडियो )


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । बा, आमा अनि छोरो । सानो सुखी परिवार । खेतीपाती, धन्दा, भकारो गरेर गर्जो टरिरहेको छ । छोरो हुर्किएपछि धनको लोभ । धन कमाउन छोरो परदेश । गाउँमा बुढा बा, आमा मात्रै । उमेरको भने पनि बुढेसकालको भने पनि एउटा भाको छोरो परदेश गएपछि बा, आमा एक्ला । उमेरले डाँडो काट्दै गएपछि काम गर्न सक्दैनन् । खेतबारी बाँझै । परदेशिएको छोरो फर्किदैन । सहजमा त बुढाबुढी बसेकै छन् । दुःख पर्दा ? साथमा छोरोसमेत छैन । आमा अचानक बिरामी पर्छिन् र मृत्युवरण गर्छिन् । परदेशिएको छोरो आमा मर्दासमेत साथमा छैन । धन कमाउन गएको छोरो आमा गुमाउँदा पनि साथ हुन पाउँदैन भने त्यो धनको के काम ?
    सानो हुन्जेल छोरोलाई माया, ममताको खाँचो हुन्छ । छोरो ठूलो भएपछि बा, आमालाई छोराको माया, ममताको खाँचो हुन्छ । तर दुःख पर्दा धन छ छोरो छैन भने त्यो धनको के अर्थ ? के पैसा पकाएर खान मिल्छ ? के पैसो खाँदा छोराको न्यानो माया प्राप्त हुन्छ ?
    चाहेर होस या नचाहेर, नेपाली समाजले अहिले यही अवस्था भोगिरहेको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा भएका बाबुआमा मात्रै । पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुले अनुभव नै गर्न पाउँदैनन् । कतिपयले त छोरो छ भन्न समेत पाउँदैनन् । धनभन्दा पहिले काठको बाकसमा छोरो फर्किसकेको हुन्छ । यही कारुणिक परिवेशलाई समेटेर प्रवीण खतिवडाले ‘फर्कन छोरा…’ बोलको गीतको म्यूजिक भिडियो तयार गरेका छन् ।
    भिडियोमा कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त अभिनय रहेको छ । यो गीतको म्यूजिक भिडियोको सहनिर्देशकमा विनोद खतिवडा रहेका छन् । दिपल बरालले निर्माण गरेको यो म्यूजिक भिडियोमा सम्रान्त थापाको प्रोडक्सन, कृष्णबहादुर थापाको सिनेमाटोग्राफी, कृष्ण भन्डारीको सम्पादन र रंगसंयोजन रहेको छ
    केशव दाहालको शब्द र संगीतमा बनेको यो गीतमा गायक राजेश पायल राईले स्वर दिएका छन् । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ चन्दु गोर्खालीले गरेका छन् ।
    गीतले परदेश गएको एक्लो छोराको प्रतीक्षामा पीडादायी जीवन बिताइरहेका बुबाआमाको कथा भन्ने रचनाकार केशव दाहालले बताए । यो गीत सुनेर र म्यूजिक भिडियो हेरेर परदेशिएका धेरै नेपाली घर फर्किने अपेक्षा गरेको अभिनेता कमलमणि नेपालले बताए । । यो गीतको भिडियोमा पैसा वा धनले मात्रै जीवन चल्दैन भन्ने संकेत गर्न कराहीमा पैसा उमालेको दृश्य पनि देखाइएको छ । दुःख पर्दा आफ्ना छोराछोरी साथमा हुनु नै धन भन्दा ठूलो सुख भएको सन्देश यो गीतले दिन खोजेको छ ।
    गायकसमेत रहेका केशव दाहालले यसअघि ‘बैंसैमा लाको पिरती…’,‘चौतारीमा बसौंन पियारी…’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्।

    Advertisement

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation