ढुंगागाडेको हिलो सडकमा जनप्रतिनिधिले गरे कोदो रोपेर विरोध

गोरखा । गोरखा नगरपालिकाको वडा नम्बर ४ अन्तरर्गत ढुंगागाडे क्षेत्रका सडक खण्ड हिलाम्य भएर यात्रु आवतजावतमा समस्या भएपछि स्थानीय जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् । उनीहरूले आज (बिहीबार) बिहान हिलो सडकमा कोदो रोपेर विरोध गरेका हुन्।

गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम तुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ का वडाध्यक्ष कृष्ण खत्रीलगायत स्थानिय प्रतिनिधी तथा यातायात व्यवसायीहरूले सामुहिक रुपमा सडकमा कोदो रोपेर बिरोध गरेका हुन् ।

सदरमुकामबाट आरूघाट जाने मुख्य सडकको ढुंगागाडे खण्ड हिलो हुँदा साना तथा ठुला यात्रुबहाक सवारी साधनहरु घण्टैसम्म फस्ने गरेको छ। यति मात्र नभएर दुई पाङग्रे मोटरसाइकलसमेत सडकखण्डमा फस्ने गर्छ।

सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले लापरवाही गरेको र समयमै काम नगर्दा सडक अलपत्र छ। सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले बिहीबार बिहान गोरखा— आरूघाट सडक अवरूद्ध गरेका छन्।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...