अनिल नेपाली, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ५ असुरकोटमा अरिंगालको टोकाइबाट दुई महिला घाइते भएका छन्।
Advertisement
घर नजिकै बारीमा घाँस काट्ने क्रममा अरिंगालको समुहले टोक्दा स्थानिय २३ बर्षीया नविना थापा र २३ बर्षकै गिता राना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते दुवैजनाको अबस्था गंभीर छ।
मंगलवार साँझ ६ बजे जिल्ला अस्पताल अर्घाखाँची ल्याएकोमा सामान्य उपचार पछि बुटवल रिफर गरिएको प्रहरीले बताएको छ ।