सवारी दुर्घटनामा प्युठानका एक युवकको मृत्यु

कपिलबस्तु। कपिलबस्तुको शिवराज नगरपालिका-५ मा सवारी दुर्घटना हुँदा प्युठानका एकजना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका-४ गोठिबाङ बस्ने २३ वर्षीय भोजराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु.१ ख ९२०१ नम्बरको ट्रकलाई लु.१ ख ७९७१ नम्बरको ट्रकले बिहीबार राति ठक्कर दिँदा लु.१ ख ९२०१ नम्बर ट्रकका सह-चालक भोजराजको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...