जोगिन्द्र मल्ल, प्युठान। गौमुखी गाउँपालिकाको दसौं गाउँ सभा सम्पन्न भएको छ।
“कृषि, शिक्षा पर्यटन र पुर्बधारमा प्राथमिकता हाम्रो, सबै स्वस्थ र समृद्धि भए बन्छ गौमुखी राम्रो” भन्ने मुल नाराका साथ शुक्रबार सम्पन्न गाउँसभाले आर्थिक बर्ष २०७८/०७९ को बजेट समेत पारित गरेको छ।
गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष तुलसी सुनारले आर्थिक बर्ष २०७८/०७९ को ४१ करोड बढीको बजेट सार्बजनिक गर्नु भएको हो।
गाउँपालिकाले बिपन्न गरिब जेहेन्दार विद्यार्थीहरुले डाक्टर ,इन्जिनियर ,स्टाफ नर्स नर्सिङ पढ्न चाहनेका लागि पालिकाले ५०% लगानी गर्ने भएको छ। त्यस्तै, नमुना पुस्तकालय स्थापना, घरदैलोमा डाक्टर कार्यक्रम मार्फत घर घरमा चिकित्सकिय सेवा,सुत्केरी संग पौस्टिक आहार प्याकेज कार्यक्रम, ६० बर्ष देखि माथीका एकल पुरुषलाई मासिक ५ सय रुपिया भत्ता र परापुर्बकाल देखि सञ्चार माद्यमको भुमिका निर्वाह गरेका कटुबालहरुलाई मोबाईल उपलब्ध गराउने गाउँपालिकाले जनाएको हो।
त्यसै गरि भौतिक पुर्बधार, कृषि, पशु , शिक्षा,स्वास्थ्य, खानेपानी, सडक, बिधुत, पर्यटन, सिंचाई ,खेलकुद महिला, दलित,जनजाति,बालबालिका, जेष्ठ नागरिक ,अपाङ्ग लगायतका क्षेत्रमा बजेट बिनियोजन भएको छ।भने गाउँ सभाबाट वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ब्यबस्थापन गर्न बनेको विधेयक र जलस्रोत तथा मुहान दर्ता सम्बन्धि दुई वटा विधेयक पारित भएका छन।
गाउँ सभा सम्पन्न गर्दै अध्यक्ष गिरीले गौमुखी गाउँपालिकाको सभाहल निर्माण ,सबै सातैवडामा वडा कार्यालय भबन सम्पन्न ,स्वास्थ्य चौकी र ८ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना, बिपन्न गरिब १५८७ घरधुरीले जस्तापाताले घर छाइसकेको,सबै वडामा सडक निर्माण भइ बस संचालनभएको ,र आगामी बर्षमा गाउँपालिकाको हस्पिटल तथा प्रशासकिय भबन निर्माण कार्य थालिने बताउनु भयो।भने उत्कृस्ट्र कार्यसम्पादन,मुल्यांकन,समन्वय र सहजीकरण गर्ने जनप्रतिनिधि समेत सम्मानित भएका थिए । सो गाउँ सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले गर्नु भएको थियो।
गौमुखी गाउँपालिकाले ल्यायो बजेट : यस्ता छन कार्यक्रम
गौमुखी गाउँपालिकाले ल्यायो बजेट : यस्ता छन कार्यक्रम
Advertisement
तपाईको प्रतिक्रिया