बाँके । बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी नेपालगंज उपमहानगरपालिका–१८ कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर आवश्यक कारवाहीका भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।