जनकराज भट्टराई, पाल्पा। तानसेनकाे हाेलाङ्दी-ढुङ्गाखानी सडक कालोपत्रे गर्ने क्रममा आगलागी हुँदा पाल्पामा दुई जना घाइते भएका छन् । तानसेन–६, होलाङ्दी नजिकै सडक पीच गर्ने क्रममा लु २ क ४३६९ नम्बरको डिस्टिव्यूटर सवारीसाधनमा आगलागी हुँदा गुल्मी जिल्ला इस्मा नगरपालिका–२, बस्ने २० वर्षका बासु मुखिया र २१ वर्षका तेजबहादुर कुमाल घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । उहाका अनुसार घाइते दुबैको तानसेनस्थित मिसन अस्पताल उपचार भईरहेको छ ।
Advertisement