गुल्मीमा जीप दुर्घटनामा ८ जना घाइते

अनिल खत्री, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर – ६ खैरेनिबाट जाेहाङ्ग तर्फ जाँदै गरेकाे लु२ च ३९६० नम्बरकाे डबल क्याप बाेलेराे जिप दुर्घटना भएको हो ।
दुर्घटनामा १ जना गम्भीर घाइते र अरु ७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते चालक ३३ वर्षका रण बहादुर गैरे टाउकाे चाेट अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य सामान्य घाइते ६० वर्षका तुल्सिराम ढकाल , २६ वर्षकी आशा बि क, ७६ वर्षका लाेकेन्द्र ढकाल, ७५ वर्षको जगननाथ ढकाल, ६२ वर्षका टाेपराज ढकाल, २४ वर्षका राजु भण्डारी, ३ वर्षका बिजय भण्डारी रहेका छन् । घाईते सबैकाे प्राथमिक स्वास्थ्यचाैकि जाेहाङ्गमा उपचारत भईरहकाे प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...