अनिल खत्री, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै निषेधाज्ञाको समय असार १५ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले असार १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको दर केहि घटेसँगै जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा बित्तिय संस्था खोलीदै आएकोमा थप फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।
खाद्यवस्तु बेच्ने पसलहरु र बैंकहरुलाई दैनिक ३ घण्टा मात्रै खोलिदै आएकोमा अब ८ घण्टा खोल्न पाइने भएको छ । निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ६ देखि २ बजेसम्म खुलाउन पाइने भएको भएको हो ।
त्यस्तै बाणिज्य बैंक तथा बिकास बैंक, बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी संस्था २ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।
तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
जिल्लामा कोभिडको दोस्रो लहरबाट १९६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ८९ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २७ हजार २९३ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३४६ जना रहेका छन् ।
गुल्मीमा केही खुकुलो बनाउदै असार १५ गतेसम्म निषेधाज्ञा
गुल्मीमा केही खुकुलो बनाउदै असार १५ गतेसम्म निषेधाज्ञा
Advertisement
तपाईको प्रतिक्रिया