कामना डेली,रोल्पा। जिल्लाको थबाङ गाउँपालिकाले कृषकहरुलाई निशुल्क रुपमा टिमुर र कागतीका बिरुवा बितरण गर्ने भएको छ।
गाउँपालिका भित्रका ५ वटै वडाका कृषकलाई निशुल्क वितरण गर्ने उद्धेश्यले १० हजार टिमुर र ३ हजार कागतीकाे विरुवा खरिद गरि ल्याइएको गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले बताउनुभयो। उहाँले आज सोमबार देखि कृषकलाई बिरुवा बितरण गर्न थालिएको पनि जानकारी दिनुभयो। गाउँपालिकाले निशुल्क दिएको विरुवाले कृषकहरुलाई आत्मनिर्भर बन्न थप सहयोग पुग्ने घर्तिको बिश्वास छ ।
Advertisement
यसैबिच, थबाङ गाउँपालिका वडा नं १ का ३५ जना र २ का ४७ जनालाइ टिमुर र कागतीकाे विरुवा वितरण गरिएकाे छ । बिरुवा बितरण गर्दै अध्यक्ष घर्तीले बिरुवाको राम्रोसंग हुर्काउन सके दुई चार बर्षमै राम्रो आम्दानी गर्न सकिने बताउनुभयो।