प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

प्युठान । प्युठानमा पोखरीमा डुबेर दुई बर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका स्थानीय वसन्तबहादुर केसीका छोरा यमनको पोखरीमा डुबेर मृत्यु भएको हो। सोमबार बिहान करिब ८ बजे घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर ती वालक घाइते भएका थिए। उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बिहान सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...