ऐरावतीका ५० विपन्न परिवारलाई राहत वितरण

प्युठान । कोरोना संक्रमणका कारण बन्दाबन्दी रहेको अवस्थामा प्रभावित ऐरावतीका असहाय तथा विपन्न परिवारका लागी राहत वितरण गरिएको छ । ओरेन्टो मल्टिट्रेड प्रा.ली.काठमाडौको आयोजना तथा ऐरावती-६ उदिक निवासी रोजगारीको शिलशिलामा हाल दुबै रहनुभएकी ईन्द्रा शाहको आर्थिक सहयोगमा राहत सामाग्री वितरण गरिएको हो ।
कोरोना संक्रमणको कारण गरिएको बन्दाबन्दीको समयमा आर्थिक स्थिती कमजोर भएका दैनिक ज्याला मजदुरी गरी आफ्नो जोहो गर्ने विपन्न परिवारलाई सहयोग होस भन्ने उदेश्यले राहत वितरण गरेको दाता शाहले बताउनुभयो । यहाँका ५० विपन्न परिवारका लागि १ लाख रुपियाँ बराबरको दैनिक उपभोग्य खाद्यसामाग्री चामल,नुन, तेल,सोयाविन लगाएतका सामाग्री वितरण गरिएको हो ।
आईतबार गाउँपालिका नजिकै सामाजिक दुरी कायम गरि पालिका अध्यक्ष नबिलबिक्रम शाह, विभिन्न वडाका वडा अध्यक्ष लगाएतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो । पालिका अध्यक्ष शाहले रोजगारीको शिलशिलामा देश बाहिर रहेरपनि आफ्नो बस्तीका जनताको मायाले यो विषम परिस्थितिमा यहाँका जनतालाई खाद्यान्न सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद समेत दिनुभएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...